कतिमा बिक्री हुँदैछ आज आइतबार नेपाली बजारमा सुन ?

काठमाडौं । आज आइतबार घरेलु बजारमा सुनको भाउ बढेको छ । शुक्रबार एक लाख १२ हजार ६ सयमा कारोबार भएको प्रतितोला सुन आज आइतबार ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ९ सयमा कारोबार भएको हो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढ्दा यसको असर सुन बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार नम्बरी सुनको भाउ बढेसँगै तेजावी सुनको मूल्य पनि बढेर एक लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५० रुपैयाँ थियो ।

त्यसरी नै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स