काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख १२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।