तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स