१६ खर्ब ११ अर्बको आयात हुँदा साढे १ खर्बको निर्यात, व्यापार घाटा १४ खर्ब ५४ अर्ब ( कुन कुन परे टप टेनमा ?)

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । सो व्यापारमध्ये १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको हो भने १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट बाहिरिएको हो ।

आयात निर्यात दुबै घटेपनि नेपालको व्यापार घाटाको खाडल भने अझै ठूलो छ । गत आवमा १५.४५ प्रतिशतले व्यापार घाटा घटेपनि व्यापार घाटाको अंक भने १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालले गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र त्यसमा पनि डिजेलको आयात भएको छ । यस्तै, नेपालबाट सबैभन्दा ठूलो निर्यात हुने वस्तुको पहिलो सूचीमा कार्पेट परेकोे छ ।

भन्सार विभागले आजसोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९÷०८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो देखिएको हो ।

गत वर्ष नेपालले प्रमुख १० वस्तुको आयातमा पेट्रोलियम पदार्थको अलावा स्पञ्ज आइरन, सोयाबिन तेल, कोइला तथा कच्चा पाम तेल छन् । आयात भएका प्रमुख १० वस्तुमा मात्रै मुलुकले ४ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै प्रमुख १० वर्षको निर्यातबाट नेपालले ६७ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपालले आयात गरेका प्रमुख १० वस्तु

नेपालले गत वर्ष सबै भन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ । सो आयातमा नेपालले ३ खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको थियो । जसमा एक खर्ब ५३ अर्ब रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोडको रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड रुपैयाँको खाना पकाउने ग्याँस आयात गरेको थियो ।

नेपालको दोस्रो ठूलो आयात सुनको छ नेपालले गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सुन आयात गरेको छ ।

तेस्रो ठूलो आयात स्पञ्ज आइरनको छ । नेपालका स्टील्स कम्पनीहरूले डण्डी बनाउन ७७ करोड ९७ लाख किलो स्पञ्ज आइरन आयात गरेका छन् । जसका लागि ४३ अर्ब ६० करोड खर्च भएको छ ।

चौथो ठूलो आयात सोयाबिन तेलको छ । गत वर्ष नेपालले १७ करोड ७५ लाख लिटर बढी सोयबिन तेल आयातका लागि ३५ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल आयात भएको छ ।

यस्तै पाँचौं ठूलो आयात हुने वस्तुमा कोइला परेको छ । नेपालले एक अर्ब १८ करोड बढी किलो कोइला आयातका लागि २७ अर्ब १२ करोड रुपैयाँ खर्ब गरेको भन्सारको विवरणमा देखिन्छ ।

छैटौं ठूलो आयात पामको कच्चा तेलको छ । सो तेल आयातमा नेपालले २५ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ । यस अवधिमा १६ करोड ९० लाख २२ हजार लिटर बढी यस्तो तेल नेपाल भित्रिएको छ ।

सातौं ठूलो आयात औषधिको छ । नेपालले गत वर्ष एक करोड २६ लाख किलो भन्दा धेरै औषधि आयात गरेको छ । जसको लागत २४ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।

आठौंैं ठूलो आयात स्मार्ट फोनको छ । नेपालले औषधि बाराबरकै स्मार्ट फोन गत वर्ष आयात गरेको छ । यस अवधिमा १५ लाख ६९ हजार ५९६ थान स्मार्ट फोनका लागि नेपालले २४ अर्ब ३९ करोड रुपैयाँ खर्चिएको छ ।

यस्तै ९ औं ठूलो आयात यूरिया मलको छ । नेपालले गत वर्ष २५ करोड २२ लाख किलो युरिया मल आयातका लागि २२ अर्ब ९४ करोड रुपैयाँ खर्चिएको छ ।

दशौं धेरै मूल्यको आयात फलामको डण्डीको भएको छ । नेपालले स्टील्स बनाउन २ खर्ब ५२ अर्ब किलो फलामको डण्डी २२ अर्ब ९४ करोड मूल्यमा खरिद गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स