काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।