भारतमा जेम एन्ड ज्वेलरीको जीडीपीमा १५ प्रतिशत योगदान छ, हामी पनि गर्न सक्छौंः ज्योत्स्ना श्रेष्ठ(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा संघकी अध्यक्ष ज्योत्स्ना श्रेष्ठले छिमेकी भारतमा जेम एन्ड ज्वेलरीले जीडीपीमा १५ प्रतिशत योगदान पुर्याइरहेका बेला नेपालमा भने न्यूनमात्र योगदान रहनु हाम्रो चिन्ताको विषय भएको उनले बताइन् ।

‘हामी चाहन्छौं कि जीडीपीमा योगदान बढाउन सकौं । ‘तर त्यसका लागि हामी निजी क्षेत्रको मात्र पहल सार्थक हुन सक्दैन यसैले सरकारले हाम्रा केही मूल मुद्दाहरुमा सम्बोधन गर्न आवश्यक छ,’ उनले भनिन् ।

नेपाली गरगहनको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागलाई हामीले सम्बोधन गर्न सकेका छैनौं । यसमा सरकारको नीतिगत सहयोग हामीलाई चाहिन्छ । विदेश जाने नेपालीले लगाएका गहना स्वदेशमै घोषणा गरेर गएमा फर्कंदा भन्सारको झन्झट नहुने व्यवस्थाका लागि हामीले गरेको पहलले सकारात्मक परिणाम दिने भएको छ ।’
यस्तो छ पूर्णपाठ

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/07/AGM-Opening-Speech-of-Jyotsana-Shrestha-2080.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स