काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख १२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ८० रूपैयाँ कायम भएको छ ।