काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ९५ रूपैयाँ कायम भएको छ ।