कोका-कोला नेपालको पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट सार्वजनिक

काठमाडौं । कोका-कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको छ ।

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रिया सहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्याएको छ जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् ।

जसरी कोका-कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयक्त राष्ट्र संगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ ।

नेपालमा कोका-कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भने, ‘कोका-कोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागि दिगोपनलाई एक सर्तको रुपमा लिएको छ । १९७३ देखि, हामी कोका–कोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौं । ४० वर्ष भन्दा बढि समय देखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नको लागी प्रयास गरिरहेका छौं ।’

पानी भनेको कोका-कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताको लागी केन्द्रित रहेको छ । कम्पनीले राष्ट्रको लागी पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ । नेपालमा कोका-कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ ।

जसमा रेन वाटर हार्वेस्टिंग, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्टपानी सँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन् । यसको अर्थ कोका-कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागी नेपाल भरिका समुदायहरुलाई दोब्बर पानी फिर्ता दिनेछ ।

२०१८ मा, कोका–कोलाले विश्वव्यापी रूपमा ‘वल्ड विथआउट वेस्ट’ अभियानको घोषणा गरेको थियो । जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिंग गर्ने थियो । यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले ‘वल्ड विथआउट वेस्ट’ का उद्देश्यहरुलाई प्राप्त गर्न को लागी आगामी आउने धेरै परियोजनाहरुको पहल गरेको छ जसमा नगरमित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरु सामेल रहेका छन् । यी परियोजनाहरु सामूहिक रूपमा काठमाडौं भरीका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकाहरुमा रहेका छन् ।

यी परियोजनाहरुका साथै कोका–कोलाले नेपाली सेनासंग २ वर्षसम्म ‘माउन्टेन क्लिन अप क्यामपियन’ को लागि सहकार्य गरेको छ । यो मल्टी-स्टेक होल्डरको राष्ट्रिय कार्यक्रमको उद्देश्य भनेको पहाडहरुलाई सुरक्षा गर्नु र हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु होे ।

कोका–कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलीन टेरेफ्थलेट (पीईटी) बोतलहरुलाई हल्का तौलको बनाएको छ । यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंग को रि-इमाजिनिंग गरिरहेको छ । डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिंग २५० मिलीलीटर र ५०० मिलीलीटरको भेरियन्टमा उपलब्ध रहेको छ । त्यसै गरी, न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट १०० प्रतिशत रिकभरी को लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल)को प्रयोग गरिन्छ जसलाई १०० प्रतिशत रिसाइकल गर्न सकिन्छ । यसबाहेक, कोका–कोलाले सेकेन्डरी प्याकेजिंगमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरु संग सहकार्य गरिरहेको छ ।

कोका-कोलाको प्रणालीमा मानिसहरुलाई महत्व दिइन्छ । त्यसैले, यो ५ वाई २० कार्यक्रम विश्वभरि सन् २०२० सम्ममा ५ मिलियन महिलाहरुको आर्थिक सशक्तिकरण प्राप्त गर्नको लागी सन् २०१०मा शुरू गरिएको थियो । नेपालमा यो ५ वाई २० कार्यक्रमले कोका–कोला प्रणालीको महिलाहरुलाई सशक्त बनाएको छ र महिला खुद्रा विक्रेताहरुलाई शप ट्रेनिंग एण्ड रिर्सोसेज (स्टार) कार्यक्रमको माध्यम बाट अहिलेसम्म देशभरीमा ५२०० भन्दा बढी महिला खुद्रा विक्रेताहरुलाई प्रभावित पारेको छ ।

आफ्नो कार्बन फुटप्रिन्टलाई घटाउने प्रयासमा कोका–कोला नेपालले बर्षौंदेखि उर्जाको उपयोग र ऊर्जा को नन–रिनिवेबल स्रोतहरुमा निर्भरता घटाएको छ। उदाहरण को लागी, कोका–कोलाले बालाजु र भरतपुर दुवै प्लान्टहरुमा सौर्य ऊर्जाबाट संचालित सडकका बत्तीहरु स्थापित गरिएको थियो र अत्यधिक ऊर्जा इफिसियन्ट उपकरण र टेक्नोलोजीमा लगानी गरेको थियो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डे भने, ‘कोका कोलाको नेपालमा दिगोपनको प्रगति समय भन्दा अगाडि रहेको छ र यो रिपोर्ट एक राम्रो सुरुवात हो । जसले यात्राको क्रममा हाम्रो प्रणालीको प्रयासलाई दर्शाएको छ । हामीले हाम्रो दिगो व्यापार प्राथमिकताहरुलाई कायम राख्दै नेपालको प्राकृतिक रिसोर्सेजहरुमा हाम्रो प्रभावलाई कम गर्न को लागी काम गरेका छौं । ईएसजी (पर्यावरण, सामाजिक, प्रशासन) को हामीलाई एकदमै महत्व पर्ने छ । हामी सरकार, नागरिक समाज, गैरसरकारी संस्था, युवा नेतृत्वको संगठन र मिडियाहरु सबैमा आभारी छौं जसले यस पहलमा हामी सँग साझेदारी गरेका छन् ।’

यसबाहेक, कोरोना भाइरस महामारी बिरुद्धको लडाईमा कोका–कोला फाउन्डेसन (टीसीसीएफ) ले सन् २०२० मा नेपालमा सबैभन्दा धेरै प्रभावित भएकाहरुलाई सहयोग गर्न कोभिड –१९ राहतका उपायहरु प्रदान गर्नको लागी नेपाली रु ८० मिलियनको प्रतिज्ञा गरेको थियो ।

यो राहतको प्रयासलाई क्रिएसन र नेपाल रेडक्रस सोसाइटीको समर्थनमा फोहोर व्यवस्थापन गर्ने र नेपाल भरिका स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका व्यक्तिहरुलाई केन्द्रित गरिएको थियो ।
थप जानकारीको लागी, कोका कोला नेपालको सस्टेनेबिलिटी हाइलाइट्स २०२० को रिपोर्ट बोटलर्स नेपाल लिमिटेडको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स