घट्यो दुवै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स