काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।