काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।