पेट्रोलियम पदार्थ खरिद गर्न नेपालबाट बाहिरियो पौने ३ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम खरिद गर्नको नेपालबाट २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बाहिरिएको छ । पेट्रोल, ग्यास, डिजेल, हवाई इन्धन र मट्टितेलको आयातमा सो रकम बाहिरिएको हो । गत आवको सो अवधिको तुलनामा चालु आवमा वर्ष पेट्रोलियम पदार्थको आयात ६७ अर्ब रुपैयाँले घटेको छ ।

गत आर्थिक वर्षको सो अवधिमा ३ खर्ब ४० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । जेठ महिनामा मात्र २५ अर्ब २६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसबाट सरकारले ९३ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको गरेको छ ।

विभागका अनुसार यो अवधिमा ६१ अर्ब ३८ करोड ८८ लाख बराबरको पेट्रोल नेपाल आयात भएको छ । यसबाट सरकारले ३३ अर्ब ४४ करोड बराबरको भन्सार शुल्क संकलन गरेको छ । ११ महिनामा कुल १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख बराबरको डिजेल आयात भएको छ । यसबाट सरकारले ४८ अर्ब ४९ करोड ४३ लाख बराबरको भन्सार महसुल संकलन गरेको छ।

यो अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख बराबर रुपैयाँ बराबरको ग्यास आयात भएको छ । यसबाट सरकारले लगभग ९ अर्ब ३५ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । यो अवधिमा १८ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात गरी सरकारले लगभग १ अर्ब ३६ करोड भन्सार महसुल संकलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स