घट्दो क्रममा सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कारोबार भएको प्रतितोला सुन आज शुक्रबार ७ सय रूपैयाँले घटेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १३ सय ३५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स