काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ । चालु आवको ११ महिनामा भएको आयात गत आवको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम हो । गत आवको सो अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको मालवस्तु आयात भएको थियो ।
११ महिनाको अवधिमा करिब साढे १४ खर्ब ८० अर्बको आयात हुँदा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको निर्यात भएको छ । समीक्षा अवधिमा भएको निर्यात गत आवको सोही अवधिकोभन्दा २२.७४ प्रतिशतले कम हो । गत आवको सो अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको मालवस्तु निकासी भएको थियो ।
आयत निर्यात दुबै घटेपछि चालु आवमा कुल १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको भन्दा सो व्यापार १६.६५ प्रतिशतले घटेको छ । गत आवको सो अवधिमा १९ खर्ब ४९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
सरकारले चालु आवको साउनदेखि जेठ महिनासम्म ३ खर्ब ४४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । वैशाखसम्म मालवस्तु आयातबाट ३ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो