केराउ, सुपारी, मरिच र छोकडा आयातमा राष्ट्र बैंकले लगायो फेरि रोक, भुक्तानी प्रक्रिया अघि नबढाउने निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लागेको छ । यी वस्तुको आयातमा इजाजत प्रदान नभएकाले ती वस्तुको आयातका लागि बैंकिङ तथा भुक्तानी सम्वन्धी प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुरोधमा राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि चार वस्तुको आयातका कुनै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । यी वस्तुको कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्ने कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन राष्ट्र बैंकले दिएको हो ।

बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै यी चार वस्तुमा आयात रोकेको जनाएको हो । यसअघि केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो ।

यद्यपि असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा भने ती वस्तु नेपाल ल्याउन पाइनेछ ।

बढ्दो आयात र घट्दो रेमिट्यान्स आप्रवाह र देशको शोधानान्तर स्थिति समेत ऋणात्मक भएको कारण राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स