गोल्छा अर्गनाइजेसन र विशाल ग्रूप सञ्चालक रहेको श्रीराम सुगर मिल्सले ३८ करोड रुपैयाँ नतिरेपछि नेपाल बैंकले निकाल्यो लिलामीको सूचना

काठमाडौं । गोल्छा अर्गनाइजेसन र विशाल ग्रूप सञ्चालक रहेको श्रीराम सुगर मिल्सले ३८ करोड रुपैयाँ नतिरेपछि नेपाल बैंकले लिलामीको सूचना निकालेको छ । बैंकले आज शुक्रबार उक्त सूचना निकालेको हो । योसँगै अब रौतहटको श्रीराम सुगर मिल्स लिलाम हुने भएको छ । नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीे लिलामीमा राखेर बिक्री गर्न लागेको हो ।

दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा र विशाल ग्रुपका विशाल अग्रवाल सञ्चालक रहेको यो सुगर मिल्सले ३८ करोड ऋण नतिरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

नेपाल बैंकले प्रकाशित गरेको ३५ दिने सूचनाअनुसार मिल्सले नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चाय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)बाट समेत विभिन्न शीर्षकमा कर्जा लिएको थियो ।

कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा लेखिएअनुसार भाखाभित्र बुझाउनुपर्ने साँवा र सोमा लाग्ने ब्याज तथा हर्जना समेत उद्योगले बुझाएको छैन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स