बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स