काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १४ सय ५५ रूपैयाँ कायम भएको छ ।