यो साता सुनको मूल्य ६ रुपैयाँले बढ्दा चाँदी भने १० रुपैयाँले घट्यो

काठमाडौं । यो साता सुन र चाँदीको मूल्यमा उतार चढाव आएको छ । यो साता सुनको मूल्य बढेको छ । आइतबार सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यो साता सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

सोमबार सुनको मूल्य ८९ हजार ३ रुपैयाँ थियो । मंगलबार ८९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार सुन ८८ हजार ९ सय रुपैयाँमा झरेको थियो । बिहीबार यो साताकै सबैभन्दा सस्तो मूल्य ८८ हजार ७ सय रुपैयाँ प्रति तोला सुन कारोबार भएको थियो ।

यो साता चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी १ हजार १४० रुपैयाँमा झरेको छ । यो साता चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

सोमबार चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार र बुधबार चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य १ हजार १२० रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स