नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन्। आइतबार सम्पन्न विशेष साधारणसभाले दुगडलाई निर्विरोध निर्वाचित गरेको हो ।

सभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ। जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया, अर्का उपाध्यक्षमा अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन्।

यसैगरी संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दीपक सापकोटा, राजीव गुप्ता, वीरेन्द्रकुमार संघई, विपीन कावरा र नोज तापरिया सर्वसम्मत निर्वाचित भएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स