काठमाडौं । सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । लगातार बढेको सुनको मूल्य आज फेरि नयाँ उचाइ कायम गरेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय ३५ रूपैयाँ कायम भएको छ ।