काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसाले बढेर आएको छ ।
त्यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँले घटेर आएको छ ।
आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहेको छ ।