बैंकपछि ट्राभल एजेन्सीमा ह्याकरको बक्रदुष्टि,‘जीडीएस’ को नाममा इमेल पठाउँदै टिकट बिक्री गरेर २ करोडभन्दा बढी ठगी

काठमाडौं। ट्राभल एजेन्सीमा ह्याकर प्रवेश गरी २ करोडभन्दा बढी नोक्सानी पुर्याएका छन् । ह्याकरले नेपालमा सेवा दिँदै आएका जीडीएसको लोगो नै राखेर इमेल पठाउँदै आएका छन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणाली ह्याकरले कब्जा लिएर नोक्सानी पुर्याएका हुन् ।

ह्याकरले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जीडीएस’ को नाममा इमेल पठाउँदै टिकट बिक्री गरेको नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले बताए । ह्याकरले उही सेवाप्रदायक कम्पनीको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेको उनले बताए । ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको थापाले जानकारी दिए।

‘विभिन्न ट्राभल एजेन्सीको आधिकारिक साइट नै ह्याक गरेर न्यूनतम ६० देखि ८० लाख रुपैयाँ नोक्सान भएको देखिएको छ,’ उनले भने ‘यस वारेमा थप बुझ्नको लागि हामीलाई जीडीएस सेवा दिँदै आएका ग्यालिलियो, एमाकस र एमाडससँग समन्वय हुँदैछ ।

ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएको छ । ‘टिकट बिक्रीका लागि सुरुमा जीडीएस कम्पनीलाई ग्यारेन्टीस्वरुप रकम बुझाइन्छ । त्यही बराबरको रेसियोमा टिकट बिक्री गर्न छुट दिइन्छ ।

टिकट बिक्रीका लागि आफ्नो पासवर्ड, युजर आईडी राखिन्छ । यस्तो गम्भीर मुद्दामा जीडीएस कम्पनी पनि उत्तरदायी हुन्छ,’ अध्यक्ष थापाले भने ‘केही कम्पनीले साइबर क्राइममा पनि मुद्दा हालिसकेका छन् ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स