काठमाडौं । सरकारले हिमालको पानी र चुरेको गिट्टी ढुंगा निर्यातको कार्यक्रम अघि सारेको छ । हिमालको पानीलाई प्रशोधन गरेर मिनरल वाटरका रुपमा विश्व बजारमा निर्यात गर्ने कार्यक्रम सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अघि सारेको हो ।
त्यस्तै, अध्ययन र निश्चित मापदण्ड बनाएर चुरेको गिट्टी तथा ढुंगा निर्यातको कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएको छ ।