काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।