विदेशमा बस्ने नेपालीले ३ महिनामा मगाए ४५ करोड रुपैयाँको सुनका गरहगना

काठमाडौं । नेपालबाट ३ महिनाको अवधिमा ४५ करोड रुपैयाँ बराबरको सुनका गरगहना बाहिरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख, जेठ र असारमा विदेशमा बस्ने नेपालीहरू कार्गोमार्फत नेपाली मौलिक सुनका गरगहना मगाएका हुन् । यद्यपि सो तथ्यांक भन्सार विभाग तथा राष्ट्र बैंकबाट भने लिइएको होइन ।

खासगरी नेपालबाट विदेशमा दुई प्रकारबाट सुनका गरगहनाको माग आउने गरेको छ । केही समयअघिसम्म आफन्तहरूबाटमात्रै नेपाली मौलिक सुनका गरगहना विदेशमा जाने गरेकोमा पछिल्लो समय कार्गोमार्फत विभिन्न देशमा सुनका गरगहना सहजै पुग्ने गरेको छ ।

यो अवधिमा अमेरिका, अष्टेलिया, बेलायत, हङकङलगायतका देशमा बसोबास गर्ने नेपालीहरूले नेपाली मौलिक गरगहना मगाएका हुन् । ‘पछिल्लो समय कार्गोले सुनका गरगहना बोक्न थालेपछि छोटो अवधिमै सो मूल्यको गरगहना विदेशमा बस्ने नेपालीमा पुगेको हो ।

केहि समय अघिसम्म कार्गोहरूले सुनजस्तो मूल्यवान सामान नबोक्ने भएकाले यो माध्यमबाट विदेशमा गरगहना पठाउन सकिएको थिएन । तर, पछिल्लो समय सुनका गरगहना कार्गोले बोक्न थालेपछि विदेशबाट आएको माग पूरा गर्न सकिएको अध्यक्ष शाक्यले बताए । विशेष गरेर नेपालबाट सुनको तिलहरी, कण्ठी, रानीहार, बुट्टा काटेको चुरालगायनका गरगहनाका विदेशमा बस्ने नेपालीबाट धेरै माग हुने गरेको छ ।

यो बाहेक आफन्त विदेश जाँदा लैजाने गरगहनाको समेत हिसाब राख्ने हो भने सो भन्दा बढी हुने उनले बताए । ‘कार्गोले बहुमूल्य गरगहना नबोक्दासम्म विदेशमा बस्ने नेपालीका आफन्तले नै गरगहना लगिदिने गरेका थिए । तर, अहिले कागाले समेत सुनका गरगहना बोक्न थालेपछि विदेशबाट सिधै अडर आउने गरेको अध्यक्ष शाक्यले बताए ।

‘नेपालीहरूको जन्मदेखि मृत्यु संस्कारसम्म जोडिएको सुन विदेशी बजारमा नेपाली मौलिक गरगहनाको ठूलो माग र महत्व छ,’ उनले थपे ‘यसले व्यापार घाटा टाउन तथा निर्यात बढाउन महत्वपूर्ण भुमिका खेल्छ ।’

यसरी सुनका गरगहना विदेश पठाउँदा २० देखि २५ प्रतिशतसम्म भ्यालु एड हुने उनले बताए । व्यवसायीले यदि विदेशमा गरगहना बिक्री गर्ने सकियो भने देशले यसबाट धेरै फाइदा दिन सक्ने उनले बताए । यसका साथै सुन उद्योगलाई पर्यटन उद्योगसँग जोड्न सकियो भने यसबाट अझ बढी देशले फाइदा लिन सक्ने उनले बताए ।

‘पर्यटन उद्योगमा पनि नेपाली सुनका गरगहनालाई जोड्न सक्नुपर्छ,’ उनले भने ‘युनिक नेपाली गरगहनाको डिजाइनलाई विदेशी पर्यटकले मन पराउने छन् । उनीहरूले नेपालको चिनोको रुपमा नेपाली मौलिक गरगहना लैजान सक्ने पनि उनले बताए । ‘यसले गरगहनाको व्यापारलाई प्रमोशन र प्रवद्र्धन गर्नेछ,’ उनले भने ।

नेपाली बजारमा सुनका गरगहना बिक्री गर्दा खासै फाइदा नहुने अर्थात ज्याला र जर्ती बाहेक थप नाफा नलिने अभ्यासका कारण अहिले पनि त्यसैको भरका व्यावसाय गर्न परिरहेको उनले गुनासो गरे ।

‘उनले भने ‘सुनमा पनि यति प्रतिशतसम्म अर्थात यति रकमको सीमासम्म यति नाफा लिन पाउने भन्ने कुनै स्पष्ट भइदिएको भए राम्रो हुने थियो ।’ आखिर व्यवसाय त्यति कै गर्न सकिदैन, गरगहना बनाउने बेलामा जसरीपनि मिलाएर व्यापारीले नाफा निकालेकै हुन्छन् । तर, सरकारले नै यतिसम्म लिन पाउने भनि व्यवस्था गरिदिएमा योव्यवसाय अझ पारदर्शी हुने समेत उनले सुझाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स