सरकारको नीति तथा कार्यक्रम परिणाममुखी हुनेमा चेम्बरको जोड

काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने चेम्बर अफ कमर्सले विश्वास लिएको छ । मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यन्व्यनमा जोड दिएको हो ।

नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेट मार्फत संवोधन गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको संकुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रमा समावेश गर्न सकेको छैन, । आर्थिक स्थायीत्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ, ।’

नीति तथा कार्यक्रमले आंशिक रुपमा भएपनि निजी क्षेत्रको माग भने संवोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने ‘निजी क्षेत्रले उठाएका केही माग सम्वोधन भएका छन् । उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेधारी अवधारणालई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यन्वयन गर्न आवश्यक छ, ।’

नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरू घोषणा हुने तर कार्यन्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भएता पनि सिमित श्रोत र साधनका कारण कार्यन्वयनको पाटो जोखिममै रहेको चेम्बरको ठहर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स