हेटौंडा कपडा, गोरखकाली टायर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याउने बताएको हो । सरकारले एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले भने सरकारको नीति तथा कार्यक्रममा भने ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सञ्चालन गरिनेछ ।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापन गनृ लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स