काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।