काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ११ सय रूपैयाँले घटेर १ लाख १० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।