‘तपाईहरूलाई पखेटा फिजाएर उड्नको लागि गर्नुपर्ने सबै काम गर्न तयार छौं’ : डा.स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा.स्वर्णिम वाग्लेले अब उद्यम व्यवसाय गर्ने उद्यमीहरू पखेटा फिजाएर उड्नको लागि गर्नुपर्ने सबै काम गर्न तयार भएको बताएका छन् । ‘तपाईहरूलाई पखेटा फिजाएर उड्नको लागि गर्नुपर्ने सबै काम गर्न तयार छौं,’ उनले भने ‘ देशको समृद्धिका लागि साझा स्कीम बनाउनु पर्छ ।’

थोरै सहयोगबाट बजारै पिट्ने खालको लागनी आउनु पर्छ । पोलिम रेजिम गर्न आवश्यक भइसकेको छ । अब पोलिसी रेजिम गरेर अगाडि नबढि हामीलाई सुखै छैन । यो अहिलेको आवश्यकता पनि हो । स्वदेशी उत्पादनलाई संरक्षण गर्न सक्नुपर्छ । जुन उद्यम व्यवसाय वृद्धि हुन सक्दैन त्यसमा लगानी गर्न नहुने पनि उनले बताए ।

अब उद्यमी व्यवसायीले कसैको ढोका चाहर्न नपर्ने गरी ऐन कानुन बन्ने पनि उनले बताए । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटमा आफ्ना धारणा राख्दै उनले भने–‘उद्यम व्यवसाय गरेर देशलाई आत्मनिर्भर बनाउने उद्यमीले उद्यम व्यवसाय गर्नेको लागि लविङ गर्दै मन्त्रालय तथा निकायहरूको ढोका चाहर्नु नपर्ने बताएका हुन् ।

‘धनी नहुँदै नेपाल बूढो बन्ने भयो,’ उनले भने ‘अहिले बजार कब्जा गर्ने होडबाजी छ । उत्पादन वृद्धि गर्ने होईन कि नेता, प्रधानमन्त्रीलाई रिजाएर बजार कब्जा गर्ने लहड नै छ । लाइसेन्स कब्जा गर्ने, हाकाहाकी भ्रष्टाचार गर्ने क्रम छ । यसलाई चिर्ने जिम्मेवारी हाम्रो सांसदको हो’, डा.वाग्लेले भने ।

नेपालमा औद्योगीकरणका सवालमा पनि गलत अभ्यास भइरहेको उनको निष्कर्ष छ । ‘हामी औद्योगीकरणका नामम समान ल्याएर नेपालमा जोडजाड गर्ने, घोल्ने काम गरिरहेका छौं । अब त्यस्तो होइन, भ्यालु एडिसन हेर्नुपर्छ,’ उनले भने ‘तुलनात्मक लाभलाई अर्थनै फरक ढंगबाट लगाउनु पर्छ । यसलाई सापेक्षित लाभ तथा प्रतिस्पर्धी वस्तु भनेर परिभाषा गर्दा सहि माने लाग्छ ।’

हाम्रा लागि चीन टाढा छ, हाम्रो छेउमा जम्मा ६ प्रतिशत चिनियाँ नागरिक बस्छन् । भारतको ८० करोड नागरिक नेपालको सीमा जोडिएका राज्यहरूमा बस्छन् । यो अवसरलाई उपयोग गर्नु पर्छ । काठमाडौं–वीरगञ्ज विद्युतीय रेल बनाउन सक्नुपर्छ ।’

डा.वाग्लेले नेपाल जस्ता साना देशहरुका छुट्टै दुःखका कथा हुने भन्दै छिमेकका ठूला मुलुकहरूसँगको भूराजनीतिक र आर्थिक सम्बन्ध कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान आवश्यक पर्ने तथ्य पनि उजागर गरे ।

‘साना देशहरुका छुट्टै दुः ख हुन्छन् । भारतसँग हाम्रो मुद्राको स्थिर बिनिमय दर छ । हामीले भारतसंग के–के कुरामा सम्झौता गर्ने हो ? के–के कुरामा आफैं बाँच्ने हो ? स्पष्ट हुनुपर्छ ।’ उनले नेपाल धनी नभई बुढो हुने हो कि भन्ने चिन्ताले आफूलाई सताइरहेको पनि बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स