काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ११ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।