६ करोड मूल्य बराबरको जुत्ता बोकेको ३ वटा ट्रक प्रहरीको नियन्त्रण

काठमाडौं । प्रहरीले ६ करोड रुपैयाँ बराबरको जुत्ता बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिमलोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

४ लाख ८८ हजार १ सय ७३ दशमलव ६३ अमेरिकी डलर (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना. ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स