व्यवसायीको मनोबल वृद्धिका लागि निरन्तर सहयोग-सहकार्य रहने छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग र सहकार्य गर्ने विश्वास दिलाएका छन् ।

सोमबार फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघसँगले गरेको भेटका क्रममा मन्त्री रिजालले यस्तो विश्वास दिलाएको हो ।

उचित नीतिको अभावमा फर्निचर तथा फर्निसिङ व्यवसाय विस्तार हुन नसकेको भन्दै महासंघले मन्त्री रिजाल समक्ष अन्य बिभिन्न समस्या समाधानका लागि आग्रह गरेको थियो । उद्योग स्थापना एवं दर्ता प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई सहज बनाउन व्यवसायीहरुले माग गरेका थिए ।

त्यसैगरी, एकातिर औधोगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने स्थानको अभाव रहेको तर अर्कोतिर कतिपय उद्योगहरु संचालनमा नरहेर पनि स्थान ओगटीरहेको भन्दै महासंघ टोलीले मन्त्री रिजालको ध्यानाकर्षण गराएका थिए ।

उद्योगको नाममा तयारी समान प्रदर्शन कक्षको रुपमा केहि स्थानहरु उपयोग भैरहेको जानकारी गराउदै महासंघले त्यस्ता क्रियाकलाप बिरुद्द अनुगमन गर्न मन्त्री रिजाललाई आग्रह गरेको थियो।

महासंघ प्रतिनिधिमण्डलले फर्निचर तथा फर्निसिङ व्यवसाय क्षेत्र असुरक्षित रहेको भन्दै मन्त्री रिजाललाई क्रेडिट कानुन समेत समेट्ने गरी व्यवसायिक सुरक्षा ऐन को तर्जुमा गर्नु जरुरी रहेको बताएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स