सामुदायिक दृढताका लागि कोका-कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना

काठमाडौं । वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहित वर्ष २०२३-२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ ।

यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत, र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।

कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयुडी) सँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुंगे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत गनर ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ ।

परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३०,००० के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस संयुक्त प्रयास मार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पु¥याउन मात्र नभई द्रुत शहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पुर्याउने छ ।

वाटरएड नेपालकी कन्ट्री डाइरेक्टर, तृप्ति राईले भने, ‘सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकासको लक्ष्य ६ को प्रतिबद्धता र लक्ष्यहरू पूरा गर्ने प्रगतिलाई गति दिन साझेदारी र सहकार्य आवश्यक छ । आविष्कारहरू र महत्वपूर्ण पहलहरू जस्तै कोका–कोला प्रणालीद्वारा वाटर स्टेवार्डसिपलाई ड्राइभ गर्ने समर्थनले हामीलाई हाम्रो लक्ष्यको नजिक पुग्न मद्दत पुर्याउने छ ।’

सीआईयुडी का कार्यकारी निर्देशक सुदर्शन राजभण्डारीले भने, ‘सीआईयुडीको मिशन नेपालमा जीवन्त, उत्पादनशील, सहभागितामूलक र दिगो सहरहरू स्थापना गर्न अत्याधुनिक विधि र प्रविधिहरूको प्रवर्द्धन र सहजीकरण गर्नु हो । समुदायहरूले आउने धेरै वर्षसम्म लाभान्वित हुने क्षेत्रहरूमा पानीको समस्याका समाधानहरू कार्यान्वयन गर्नका लागि हामीले कोका–कोला बेभरेज नेपालसँग साझेदारी गर्न पाउँदा निक्कै आभारी छौं ।’

विद्यालयहरुमा स्वच्छ खानेपानी तथा हात धुने सुविधा प्रदान गर्न कम्पनीले यस वर्ष दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी गरेको छ । पहिलो परियोजना, पोखराको सैनिक आवासीय महाविद्यालयमा हुनेछ जहाँ खानेपानी र हात धुने स्टेशनहरू स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणालीले १३०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा आवासीय क्याम्पसमा बस्ने प्रशासनिक कर्मचारीहरूको करिब आधा जस्तो माग पुर्याउन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी स्प्लाश नेपालसँगको अर्को परियोजना भरतपुरका ४ विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरि विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ । काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ ।

स्प्लाश नेपालका कार्यकारी निर्देशक प्रदीप खड्काले भने, ‘स्प्लाश नेपालले स्वच्छ सुरक्षित पिउने पानीको पहुँच, राम्रो स्वच्छता शिक्षा र कार्यात्मक सरसफाइ सुविधा लाभग्राहीहरूको आधारभूत अधिकार हो र यो राम्रो प्राविधिक समाधान र दीर्घकालीन सहयोगी साझेदारीबाट मात्र हासिल गर्न सकिन्छ भन्ने विश्वास राख्दछ । स्प्लाश नेपालले काठमाडौं उपत्यका, पोखरा, चितवन भित्र वाटर स्टेवार्डसिप परियोजनाहरूका लागि कोका–कोला बेभरेज नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छ र यसले समुदायहरूको दृढतालाई बढाउँदै लैजानेछ ।’

विगतमा, कोका–कोला बेभरेज नेपालले स्मार्ट पानी सँग शक्षण अस्पताल, पुल्चोक इन्जिनियरिङ कलेज र बुढानीलकण्ठ स्कूल जस्ता क्षेत्रमा रेन वाटर हार्वेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरूका लागि धेरै नजिकबाट काम गरेको थियो ।
यस बारेमा स्मार्ट पानीका प्रतिनिधिले भने, ‘स्मार्ट पानी हरेक थोपाको महत्वमा विश्वास गर्दछ, र राम्रो पानी आपूर्ति सुनिश्चित गर्न पानीको स्रोतको सुरक्षा, शहरी बाढी कम गर्ने, र जलवायु परिवर्तन अनुकूलन गर्न वर्षाको पानी संकलन र भूमिगत जल रिचार्जको महत्वमा विश्वास गर्दछ । स्मार्ट पानी कोका–कोला जस्ता जिम्मेवार संस्थासंग काम गर्न पाउँदा गर्व गर्दछ र पानीको पुनःपूर्तिको साझा उद्देश्यमा सँगै काम गर्न जारी राख्ने लक्ष्य राखेको छ ।’

नेपालमा पानी सम्बन्धी हाम्रा पहलहरू न्यूनीकरण, पुनः प्रयोग र पुनःपूर्तिको हाम्रो ग्लोबल फ्रेमवर्क र तिनका अन्तरसम्बन्धित सिद्धान्तहरूद्वारा निर्देशित छन् । एकीकृत जलस्रोत व्यवस्थापन मार्फत कोका–कोलाले वर्षाको पानी संकलन, भूमिगत पानी रिचार्ज र ताल पुनर्स्थापनाका परियोजनाहरूमा विभिन्न संस्थाहरूसँग साझेदारी गर्दछ ।

पछिल्लो एक दशकमा, कोका–कोला बेभरेज नेपालले ८ वटा वाटर स्टेवार्डशिप परियोजनाहरू पूरा गरेको छ र यो २०२३ मा पाइपलाइनका ४ परियोजनाहरू रहेका छन् ।कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक जी. दीपक सेन्थिलनाथले भने, ‘यी परियोजनाहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका समुदायहरू विशेष गरि महिलाहरूलाई सशक्तिकरण गर्ने,विद्यार्थीहरूको लागि सुरक्षित पिउने पानीको पहुँच बढाउने र सबैको जीविकोपार्जनमा सुधार गर्ने सन्दर्भमा सामुदायिक दृढतालाई बढाउँछ । हामी हाम्रा सबै दिगोपन साझेदारहरूसँग नेपालका हाम्रा समुदायहरूका लागि सहकार्य गर्न पाउँदा गर्व गर्छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स