काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।
शुक्रबार बुद्ध जयन्ती परेकोले सुनको कारोबार बन्द रहेको थियो ।