काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख १० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।