उद्योग उकास्न सरकारलाई सहयोग गर्नुस, भागेर हुँदैन : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा वित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलीले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो ।

बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउका लागि सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स