इलाममा टि टेस्टिङ, प्रतिकेजी १० हजार रूपैयाँमा चिया बिक्री

मंगलबारे । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् ।

शनिबार २७औं चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रूपैयाँमा चिया बिक्री भएको हो ।

एकजना अमेरिकी नागरिकले प्रतिकेजी १० हजार रूपैयाँका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेको हो । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया ५० हजार रूपैयाँमा खरिद गरेको हो ।

सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पु¥याएका थिए ।

‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी हजार रूपैयाँ र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजार रूपैयाँका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए । व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्रि गर्नु परिरहेको किसानहरुको गुनासो छ ।

किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स