काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपालमा सुनको भन्सार महसुल (कष्टम डियुटी) कम भएका कारण नेपालबाट भारतमा सुन तस्कर हुन थालेको छ । कष्टम टियुटीका कारण नेपालमा भन्दा भारतमा सुन आयात महँगो भएपछि भारतीय व्यापारीहरूले नेपाली बजारबाट सस्तो महसुस तिरेको सुन लगेर बिक्री गर्न थालेका हुन् । उनीहरूले पाएसम्म नेपाली बजारबाट सुन उठाउने नभएमात्रै अन्य देशबाट सुन आयात गर्न थालेका हुन् ।
नेपालमा प्रति १० ग्राम सुनको ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्छ भने भारतमा सोही तौलको सुन आयात गर्न १२ हजार ७ सय रुपैयाँ कष्टम डियुटी तिर्नुपर्ने व्यवस्था छ । भारतको भन्दा नेपालको सुन १० ग्राममै ४ हजार २ सय रुपैयाँ सस्तो भएकोले नेपालबाट सुन भारतीय बजारतर्फ गएको हो ।
नेपालीबाट भारतीय बजारमा सुन अवैध रुपमा जान नदिनको लागि नेपालको कष्टम डियुटी बढाउनु पर्ने सल्लाह सुन व्यवसायसँग सम्बन्धित व्यापारीले उठाएका हुन् ।
नेपाल रत्न तथा आभूषण संघका पहिलो उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले गुनासो गरे । ‘नेपालमा ६० हजार रुपैयाँ प्रतितोला सुन भएको बेला लगाइएको त्यो कष्टम डियूटी अहिले सुनको मूल्य बढेर १ लाख १० हजार पुग्दा पनि सोही डियूटी कायम छ,’ उनले भने ‘समय सापेक्ष सुनको आयात महसुल नबढाउँदा सरकारको ठूलो राजस्व गुमेको छ ।
त्यतिमात्रै होइन पुरानो सुन बिक्री गर्नेले समेत भारतीय बजारमा लगेर सुन बिक्री गर्न थालेका छन् किनकी कष्टम डियुटीका कारण भारतीय बजारमा नेपाली बजारको भन्दा सुन महँगो छ ।
‘भारतमा सुन अवैध रुपमा जान नदिनका लागि सरकारले सुन आयातमा लगाएको भन्सार महसुल बढाएर भारतीय बजारमाभन्दा बढी बनाउनु पर्ने उनको सल्लाह छ । अझ भन्नुपर्दा भारतको भन्दा नेपालको भन्सार महसुल ४/५ सय बढी हुनुपर्ने उनको विचार छ ।
उनले नेपाली बैंकमा थुप्रिएको सुन भारतीय बजारमा पुगेको पनि बताए । नत्र अहिले एकाएक बैंकको सुन कसरी सकियो, बजारमा कुनै डिमाण्ड बढेको छैन,’ उनले प्रतिप्रश्न गरे ।