सुनको मूल्यमा सामान्य करेक्सन, कतिमा हुँदैछ कारोबार

काठमाडौं । आज बिहीबार घरेलु बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार १ लाख ९ हजार ७ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य आज एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आज मूल्य सामान्य रुपमा घटेको हो ।

तेजावी सुनको मूल्य भने नेपाल सुनचाँदी महासंघले तोलामा ५ सय रुपैयाँले कम गरेर तोकेको छ । आज बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ रहेको छ । त्यसरी नै प्रतितोला चाँदीको मूल्य भने १४ सय १५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स