सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा ५ रूपैयाँले घटेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स