काठमाडौं । कोरोला नाका सञ्चालन गर्नेबारे छलफल भएको छ । नेपाल र चीनका सुरक्षा अधिकारीको मंगलबार बसेको बैठक कोरोला नाका खोल्ने, अन्तर्देशीय व्यापार मेला सञ्चालन गर्ने लगायतका विषयमा अनौपचारिक छलफल भएको छ ।
बैठकमा चीनका तर्फबाट झोङ्वा काउन्टी तिब्बतका स्थानीय सुरक्षा अधिकारी तथा जिल्ला सुरक्षा समिति मुस्ताङबीच छलफल भएको हो । झोङ्वा काउन्टी तिब्बतका प्रमुख ल्युबो छिरिङ, प्रहरी प्रतिनिधि लेबा तेन्जिङ र डिएसपी निमा लगायतको सहभागिता रहेको थियो। नेपालका तर्फबाट प्रजिअ केसीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो।