रैथाने सिल्पकला तथा संस्कृति विश्व विद्यालय स्थापना प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपालमा पहिलो पटक धातुजन्य हस्तकलाका उत्पादन तथा प्रवद्र्धन गर्न रैथाने सिल्पकला तथा संस्कृति विश्व विद्यालय स्थापना प्रक्रिया अघि बढेको छ । धातुजन्य कलाको प्रवद्र्धन गर्न पहिलो पटक यस्तो यस्तो विश्व विद्यालय सञ्चालन गर्न लागिएको हो ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले यो विश्व विद्यालयको अवधारणा अघि बढाएको हो । यस्तो विश्व विद्यालय सञ्चालन गर्ने उद्देश्यले मानवहादुर विकको संयोकत्वमा चैत १९ गते ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ । उक्त अध्ययन समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका राजन मुकारुङ तथा जगतवहादुर बूढा, भोगिराज चामलिङ र कानुन विद् गिता चौधरी रहेका छन् ।

उक्त विश्वविद्यालयमा विद्यार्थीलाई सुनचाँदीदेखि विभिन्न धातुको कलाका वारेमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान सिकाउने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

‘एसईई पास गरेपछि सुरु हुने उक्त शिक्षाको लागि पहिला पाठ्यक्रम बनाउने त्यसपछि त्यहि अनुसारको प्रयोगात्मक ज्ञान दिन सकिने गरी विश्व विद्यालय बन्छ,’ उनले भने ‘धातुजन्य कलामा ठूलो अवसर भएपनि यसको अध्ययन नहु्ँदा यो क्षेत्र सधै पछि परिरहेको थियो ।’

माष्टर लभेलसम्म पढाइ हुने भएपछि अब सुनचाँदीलगायत अन्य धातु जन्य वस्तुको शोरुप खोल्न तथा त्यसको कार्य गर्नको लागि सटिफाई हुनेले मात्रै गर्न पाउने छन् । यसले कलाको गुणस्तर कायम राख्नुका साथै निर्यातको अपार सम्भावना भएको नेपाली कला संस्कृतिको जर्गेना गर्ने पनि उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स