काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।