बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा साढे ६ रुपैयाँ र डिजल लिटरमा एक रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स