केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित

काठमाडौं । केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्। निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन। मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।

उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो । निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गर्ने काम हुँदै आएको छ । कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स