सुनको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

चैत ३० गते बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले १ लाख १० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चैत ३० गते बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

वैशाख १ गते शुक्रबार नयाँ वर्षको दिन सुनको कारोबार बन्द रहेको थियो भने त्यसको भोलिपल्ट शनिबार रहेको थियो । दुई दिनपछि आजबाट सुनको कारोबार शुरु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स