काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका लागि जिल्लारनगरतर्फको गणना सकिएको छ । जिल्ला/नगरतर्फ ११७ मत खसेको छ ।
मत गणना सकिंदा अन्जन श्रेष्ठले सबैभन्दा बढी मत ल्याएका छन् ।
जसमा अन्जनले ४७, रामचन्द्रले ३९ र उमेशले २८ मत पाएका छन्।
एसोसिएटतर्फको कुल मतगणना हुँदा रामचन्द्र संघईले ६१३ मत ल्याएका छन् । त्यस्तै, अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।
एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १६३० मत खसेको थियो ।